Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो – नेपाल उद्योग वाणिज्य महासंघले बन्दका कारण सर्बसाधारणको जनजीवन अस्त व्यस्त एवं निकै कष्टकर बन्नुकासाथै अर्थतन्त्रमा पनि गम्भीर धक्का पुगेको भन्दै वार्ताद्वारा समाधान खोज्न बन्दकर्तालाई आह्वान गरेको छ ।

महासंघले एक बिज्ञप्ती जारी गर्दै बन्दकर्ताहरुले आफ्नो अधिकारका लागि अरुको बाँच्न पाउने र काम गरी खान पाउने अधिकारको हनन गर्न नहुनेतर्फ सचेत रहनुपर्नेमा जोड दिएको छ ।

बिज्ञप्तीमा भनिएको छ – हालै बिभिन्न वर्ग, समुदाय र समाजले बिभिन्न माग राखी गरेको आव्हान गरेको बन्दका कारण सर्बसाधारणको जनजीवन अस्त व्यस्त तथा निकै कष्टकर बन्न पुगेको छ भने अर्थतन्त्रमा पनि गम्भिर नकारात्मक असर परेको छ । एक दिनको बन्दका कारण अर्थतन्त्रमा अरबौको क्षति हुन्छ तर दुभाग्य सुदुर पश्चिम विगत २ हप्ता देखि बन्द छ भने मुलुकको अन्य भू-भाग पनि बिभिन्न पक्षको आह्वानमा हुने बन्दको चेपुवामा परेका छन् । बन्दका कारण अर्थतन्त्रले खेप्नै नसक्ने मार पर्न थालेको छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – लोकतन्त्रमा बिभिन्न समूह र तप्काले आ-आफ़्ना माग राख्नु स्वाभाविक हो तर बन्द नै आफ़्ना माग पुरा गराउने माध्यम हुनु हुंदैन भन्ने मान्यता हाम्रो छ । बन्दकर्ताले बन्द, हड्ताल बाहेक अन्य बैकल्पिक माध्यमबाट समस्याको निकास खोज्न हार्दिक आग्रह गर्दछौ साथै बन्द गर्दा अन्य व्यक्ति तथा नागरिक अधिकारको पनि रक्षा हुनु पर्ने तथ्यलाई मनन गर्न विनम्रता पूर्वक अनुरोध गर्दछौ । बन्दको कारण नागरिकको पेशा, व्यबसाय र श्रम गरी बाँच्न पाउने अधिकारको हनन हुन गएको छ र यो लोकतान्त्रिक मूल्य मान्यता र विधि विपरित हो भन्ने मान्यता यस महासंघको छ । तसर्थ हामी बन्दका कार्यक्रम नगर्न र वार्ताद्वारा समस्याको निकास खोज्न सम्बन्धित सबै पक्षमा हार्दिक अपिल गर्दछौं । साथै स्वतन्त्ररुपले पेशा, उद्योग, व्यबसाय गर्ने वातावरण बनाई दिन सरकारसंग माग गर्दछौं ।

 

तपाईको प्रतिक्रिया