Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानका विवादित विषयमा दलहरु सहमतिमा पुग्नै लागेको बताएका छन् ।
आज बिहान नेपाली कांग्रेस र एकीकृत माओवादीबीचको वार्ता सकारात्मक रहेकाले चाँडै सहमतिमा पुग्ने उनले जानकारी दिए ।
पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै सिटौलाले राज्य पुनर्संरचनामा दलहरु सहमतिमा पुग्ने संकेत गरे । ‘यसका विभिन्न विकल्पका बारेमा हामी छलफल गरिरहेका छौं,’ उनले भने, ‘सबै प्रदेश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक हुनेछन् । प्रदेशमा सबै जाति र प्रत्येक नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार समान र सुरक्षित रहनेछ ।’
प्रदेश विभाजनमा विभिन्न विकल्पबारे छलफल भइरहेको उनले जानकारी दिए ।  प्रदेशको नाम प्रदेशसभाबाट अन्तिम सहमतिमा पुग्न सकिने गरी सहमति हुन सक्ने पनि उनले बताए ।
माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको चार पक्षीय बैठक आज बेलुकादेखि भोलि बिहानसम्म सहमति पुग्न सक्ने विश्वास लिएको उनले बताए ।
तपाईको प्रतिक्रिया