Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो – नेपाल बन्दको समाचार संकलनमा गएका चितवनका गोरखापत्र संवाददाता शालिग्राम नेपालमाथि भएको आक्रमणको प्रेस चौतारी नेपालले घोर भत्सर्ना गरेको छ ।

प्रेस चौतारी नेपालले एक बिज्ञप्ती प्रकाशित गर्दै उक्त घटनाको भत्सर्ना गरेको हो । प्रेस चौतारी नेपालको तर्फबाट सचिव माधव नेपालले जारी गर्नुभएको बिज्ञप्तीमा अगाडि भनिएको छ – शुक्रवार बिहान चितवनको टाँडीमा समाचार संकलनकै क्रममा हिडेका नेपालको आन्दोलनकारीले मोटरसाईकलसमेत तोडफोड गरेका छन् । यसले प्रेस स्वतन्त्रामाथि नै बाधा पुगेको चौतारीको ठहर छ । शान्तिपूर्ण आन्दोलनका नाममा भएको नेपालबन्दमा संचारकर्मीमाथि आक्रमण हुनु निन्दनीय कार्य हो । यसले कसैलाई पनि भलो गर्दैन । पत्रकारको परिचय दिदा पनि भौतिक आक्रमणमा उत्रनु क्षम्य बिषय होईन । अतः यस्ता निन्दनीय कार्यमा संलग्न ब्यक्तिलाई कार्वाही गर्न हामी जोडदार माग गर्दछौ । प्रेसचौतारी चितवनका अध्यक्षसमेत रहनु भएका नेपालको तोडफोड भएको सवारी साधनको क्षतिपूर्तिका लागि समेत हामी जोडदार माग गर्दछौ- बिज्ञप्तीमा उल्लेख छ । ***

 

तपाईको प्रतिक्रिया