Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- संयुक्त संघर्ष समितिले जातीय राज्यको विरोध तथा ब्राह्मण क्षेत्री लगायतको  पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आह्वान गरेको बन्दका कारण शुक्रबार पनि काठमाडौं उपत्यकासहित मुलुकको विभिन्न भागको जनजीवन बिहानैदेखि प्रभावित भएको छ ।
संघर्ष समितिमा क्षत्री, ब्राह्मण, दसनामी सन्न्यासी, ठकुरी, दलितलगायतका समुदायको प्रतिनिधित्व छ । समाजमा आवद्ध युवाहरु बिहानैदेखि विभिन्न चोक चोकमा उभिएर प्रदर्शन गर्नुका साथै यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन् ।
यसैबीच ब्राम्हण क्षेत्री समाजको बन्दको क्रममा बिहीबार काठमाडौंबाट ६० जना, ललितपुरबाट ११, मोरङबाट १, हेटौंडाबाट २, सुनसरीबाट २ र कास्कीबाट ७ जना गरी जम्मा ८३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त क्रममा २ ट्याक्सी, ७ बस, ३ मोटरसाइकलहरु तेडफोड भएका छन् ।
तपाईको प्रतिक्रिया