Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- आफ्नै ठूलोबुवा (बाबुको दाजु) को छोरालाई अपहरण गर्ने २१ वर्षे एक युवती पक्राउ परेकी छन् ।
काठमाडौं छैमले ५ का श्याम भनिने सानो कान्छा वाइवाका ८ वर्षीय छोरो कृष्णचन्द्र वाइवालाई अपहरण गर्ने सञ्चुमाया वाइवा पक्राउ परेकी हुन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले स्वयम्भूबाट पक्राउ गरेको हो । अपहरित बालकको पनि सकुशल उद्धार गरेको अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले जानकारी दिए ।
वाइवाले कार्डिनल स्कुल डल्लुमा एक कक्षामा पढ्ने भाइलाई मंगलबार स्कुलबाट नै अपहरण गरेकी थिइन् । उनले अपहरणपश्चात् फोन गरेर दस लाख रुपैयाँ फिरौती माग गरेकी थिइन् ।
अपहरण परेको खबर पाएपछि अनुसन्धानमा खटिएको महाशाखाको टोलीले स्वयम्भूस्थित सञ्चुमायाको डेरामै ती बालकलाई फेला पारेको थियो । पक्राउ परेपछि उनले ठूलोबुवाले फास्टट्रयाकबाट ३५ लाख रुपैयाँ मुआब्जा पाएकाले त्यही रकमको केही भागका लागि भाइ अपहरण गरेको बताएकी छन् ।
तपाईको प्रतिक्रिया