Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- पार्टीभित्रै ५० प्रतिशत महिला सहभागीताको सिद्धान्त बोकेको माओवादी नेतृत्वको सरकारमा महिला शुन्य छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा बनेको सहमतीय सरकारमा ११ मन्त्रीले नियुक्ति पाएका छन् । तर, जनसंख्याको अनुपातमा समानुपातिक, समावेशी सहभागीता भन्दै आएको मधेसवादी दलले समेत आधा आकाश ढाक्ने महिलालाई प्रतिनिधित्व गराउन सकेका छैनन् ।
माओवादी, कांग्रेस र मधेसी मोर्चाका मन्त्रीहरुले शनिबार शपथग्रहण गरेका हुन् । माओवादीका पाँच, कांग्रेसका दुई र मधेसी मोर्चाका चार मन्त्री नियुक्त हुँदासम्म महिलालाई सिफारिस नगरेको भन्दै महिला सभासद्ले गुनासो गरेका छन् ।
माओवादी सभासद् पम्फा भुषालले जनताको हितको सरकार नभएकाले महिलालाई उपेक्षा गरेको बताइन् । ‘पुरुष मन्त्रीहरुको सिट तोकेको सरकार भएकाले महिलालाई नियुक्ति नगराएको हो,’ उनले आक्रोसित हुँदै भनिन्, ‘यो सरकारमा प्रधानमन्त्रीले मन्त्री बनाउनेसम्म हैसियत राख्दैनन् ।’
तपाईको प्रतिक्रिया