Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काँकडभिट्टा, वैशाख २७ – झापाका पत्रकार यादव पौडेलका हत्या अभियोग लागेका ४ मध्ये ३ जनालाई झापा जिल्ला अदालतले बुधबार थुनामा पठाउन आदेश दिएको छ। अर्का एक जनालाई भने २७ हजार धरौटी बुझाएर रिहा गर्ने आदेश अदालतले दिएको छ।
जिल्ला न्यायाधीश गिरिराज गौतमको इजलासले बुधबार पौडेल सम्पादक रहेको ‘उज्यालो पूर्व’ प्रकाशोन्मुख दैनिकका प्रकाशकसमेत रहेका युवराज गिरी, सोम ढकाल र उनकी पत्नी मञ्जु भनिने फुलमाया ढकाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
पत्रकार पौडेलको चैत २२ गते राति बिर्तामोडस्थित ढकाल दम्पत्तिको पूर्वाञ्चल होटल एण्ड सेकुवा कर्नरमा हत्या भएको थियो ।
राईले भने बैशाख ७ गते आफैं प्रहरीमा उपस्थित भएर आत्मसपर्मण गरेका थिए ।
तपाईको प्रतिक्रिया