Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
संविधानसभाको म्याद ६ महिना थप्ने तयारी
काठमाडौं– मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थप्ने तयारी भइरहेको खुलासा गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा यादवले त्यसलाई आफ्नो दलले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।
‘कांग्रेस, माओवादी र एमालेले तीन प्रमुख दलले त्यो गोप्य सहमति गरेका छन्,’ उनले भने, ‘हामी त्यस्तो सहमति कुनै पनि हालतमा मान्दैनौं, जनविद्रोहमा जान्छौं ।’
साक्षात्कारमा नेता यादवले जेठ १४ मा संविधान नआए मधेसका साथै देशैभरि जनविद्रोह हुने दाबी गरे ।
बृहत् मधेसी मोर्चाले आन्दोलन अघि बढाएको र त्यस क्रममा जेठ २, ५ र ६ गते मधेस बन्द राखिने पनि उनले बताए ।
वर्तमान सरकारमा आफ्नो दल कुनै हालतमा नजाने उनले बताए । ‘यो बाबुरामजीको बहुमतको सरकार हो, राष्ट्रिय सहमतिको सरकार होइन,’ उनले भने– मधेसमा अब तीन दलको मतियार बनेको मधेसी मोर्चाका विरुद्ध पनि आन्दोलन हुन्छ, मधेसलाई भँजाएर सत्तामा बस्नेलाई अब हामी छाड्दैनौं ।
साथै उनले संविधान नबन्नुको मुख्य दोषी सभामुख पनि भएको आरोप लगाए ।
तपाईको प्रतिक्रिया