Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
झापा– युवा संघ नेपालका केन्द्रिय अध्यक्ष महेश बस्नेतले प्रमुख चार राजनीति शक्तिहरु बीच भएको पाँचबुदे सहमती हिजो माओबादी र मधेशबादी दलबीच भएको समिकरण जस्तै भएको बताएका छन् ।
एकिकृत नेकपा माओबादी , नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी मोर्चाबीच बिहीबार मध्यरातमा भएको यो सहमती सत्ता बाँडफाँडको लागि भएको बस्नेतको आरोप थियो ।
आज बिहान झापाको मेचीनगरमा युवा संघका कार्यकर्ताहरुसंग भेटघाट गर्ने क्रममा अध्यक्ष बस्नेतले स्थानीय संचारकर्मीहरुसंग भने–बिशेष गरेर माओबादी र काँग्रेस बीचको गठबन्धन माओबादीको नेतृत्वमा संबिधान जारी गरेर नेपाली काँग्रेसको नेतृत्वमा निर्वाचन गराउने सहमती हो , यो राष्ट्रिय सहमती नभई यसले नया खालको एउटा समिकरण जुन हिजो माओबादी र मधेशबादी दलहरु बीच समिकरण भएको थियो त्यसैको अर्का स्वरुप र निरन्तरता हो ।
सत्ताका लागि भएको यो सहमतीलाई शिरोधार्य गर्दै बर्तमान सरकारमा नेकपा एमाले कुनै हालतमा जान नहुने र नजाने उनको अडान थियो । बिगतको चारबुँदे राष्ट्रघाती सम्झौता अनुसार बनेको माओबादी र मधेशबादी दलहरुको सरकारले यो सहमती सम्झौता र डा. बाबुराम भट्टराईको नेतृत्वको बर्तमान सरकार  बिगठन र भंगको घोषण नगरी रहेको बर्तमान अबस्थामा एमाले सरकारमा सामेल हुने कुरै आउदैन अध्यक्ष बस्नेतले भने– पार्टीको केन्द्रिय कमिटीको बैठकले बर्तमान अबस्थामा यो सरकारमा सहभागी नहुने निर्णय गरेको र त्यो नै एमालेको आधिकारीक निर्णय हो । बस्नेतले कुनै हालतमा एमाले सरकारमा नजाने ठोकुवा गरे ।
एमालेको राष्ट्रिय प्रतिनिधी परिषदको बैठकदेखि बिबिधतहका बैठकहरुमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा नमाग्दासम्म राष्ट्रिय सहमतीको सरकार नबनाउने भन्ने जुन निर्णय बिगतमा भएको थियो त्यहि निर्णयलाई टेकेर पार्टीले यसपालीको सरकारमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष बस्नेतको भनाई थियो । सहमतीमा त तपाईकै पार्टीको अध्यक्षले पनि हसताक्षर गर्नुभएको छ नि भन्ने संचारकर्मीको जिज्ञाशामा बस्नेतले भने पार्टी अध्यक्ष झलनाथ खनालले केन्द्रिय कमिटीमा सल्लाह नगरी वा बडी कन्फीडेन्स भएर गरेको हस्ताक्षर हो ।
तपाईको प्रतिक्रिया