Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक) का सभासद तिलक रावलले ठूला दलका नेताहरुले विदेशी पैसा खाएर हिन्दू राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको आरोप लगाउँदै उनीहरुकै कारण नेपालमा धर्मयुद्ध निम्तिने दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लव नेपालमा हिन्दूधर्म बचाऔं अभियान नेपाल र श्रृजनशील समाज नेपालले राखेको विचार गोष्ठीमा बोल्दै सभासद रावलले भने- धर्मनिरपेक्ष राष्ट्र नेपालका लागि विदेशीले ठूलो रकम खन्याएका छन्, ठूला दलका नेताहरु त्यही पैसा खाएर डकारिरहेका छन्, त्यो पैसा तिनीहरुका लागि महङ्गो पर्ने छ  ।
रावलले विदेशी पैसा खाएर हिन्दूराष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा सफल नेताहरुले ८५ प्रतिशत हिन्दु धर्मावलम्बीको चित्कारलाई साम्य हुने गरी हिन्दु राष्ट्र घोषणा गर्न माग गरे ।
‘अहिले भ्रष्टाचारको केन्द्रविन्दु मन्त्रिपरिषद भएको छ, यो अखण्ड नेपाल विखण्डन गर्न पैसाको खेल भएको छ,’ उनले भने- विखण्डनकारीका विरुद्ध यो तिलक रावल पहिले अगाडि बढ्छ ।
तपाईको प्रतिक्रिया