Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- बाँके जिल्ला अदालतमा विचाराधिन रहेको कर्तव्य ज्यान मुद्दाका अभियुक्तको मुद्दा फिर्ता लिएको भन्दै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारविरुद्ध आफ्नै पार्टीका सभासद् एवं पूर्वमन्त्री सर्वदेव ओझाले उजुरी दिएका छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्यसमेत रहेका ओझाले उपभोक्ता समितिको निर्वाचनमा चुनाव हारेपछि स्थानीय दुई जनाको हत्या अभियोग लागेका पप्पु भनिने नरेन्द्र चौधरीको मुद्दा फिर्ता लिएको भन्दै गच्छदारविरुद्ध कानुन मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् ।
पूर्वकानुन मन्त्री बृजेशकुमार गुप्ताले उजुरी परेको स्वीकार गर्दै गृहमन्त्रालयले रोक्न आदेश दिएपछि अगाडि नबढाएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया