Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुनर्संरचना नगरे सेना ‘प्यारालाइसिस’ हुने बताउँदै बाधा गर्न नहुने बताएका छन् ।
सेनाको पुनर्संरचनाबारे राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्रीले दरबन्दी थप्न आवश्यक रहेकोमा जोड दिए । ‘सेनाको पुनर्संरचना कार्यकारीले गर्ने हो,’ उनले भने, ‘यसमा बाधा गर्नु हुँदैन ।’ यसअघि प्रधानसेनापति छत्रमानसिंह गुरुङले पनि ४७ वर्ष पुरानो संरचनाले काम नगरेको भन्दै सेनाको पुनर्संरचनामा जोड दिएका थिए ।
तर बैठकमा सभासद्हरुले सेना समायोजन प्रक्रिया चलिरहेको अवस्थामा सेनाको संख्या यकिन नभइ दर्जा बढाउन हतार नगर्न सुझाव दिए । सरकारमा रहेको माओवादीकै वैद्य पक्षले पनि शान्ति प्रक्रिया र राष्ट्रिय सुरक्षा नीति विपरीत दर्जा बढाउन नपाउने जिकिर गरेका थिए ।
बैठकमा प्रधानमन्त्री भट्टराईसँगै बिना विभागीय मन्त्री वर्षमान पुन, रक्षा सचिव माधव रेग्मीलगायत उपस्थित थिए । बैठक निर्णयमा नपुगेपछि पुनः अर्को गोप्य बैठक बोलाइएको समिति सभापति रामनाथ ढकालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया