Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो- चितवनको विकट पहाडी क्षेत्र सिद्धि गाविसका २० जना चेपाङ विद्यार्थीहरुलाई गामबेसीको खबर पत्रिकाले आवासीय व्यवस्थासहित निःशुल्क अध्ययन गराउने भएको छ ।
पूर्वी चितवनको पिठुवा ८ मा रहेको विन्ध्येश्वरी निमाविमा ती विद्यार्थीहरुलाई राख्ने र पढाउने व्यवस्था मिलाइएको छ । सो विद्यार्थीहरुको सम्पूर्ण खर्च गामवेसीको खबर पत्रिका मार्फत उपलब्ध गराइने पत्रिकाका सम्पादक केपि किरण शर्माले बताउनुभयो ।

“विन्ध्यश्वरी गामबेसिको चेपाङघर” नाम दिइएको सो शैक्षिक अभियानको हालै एक कार्यक्रमका विच चेपाङ विद्यार्थीहरुको सोही विद्यालयमा भर्ना गरिएको छ ।  प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष शिशिर सिंखडा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामा, इन्द्रेणी सामुदायिक वन उपभोक्ता समुह सिद्धिका अध्यक्ष सुरज चेपाङ, गामबेसी खबर पत्रिकाका सम्पादक केपि. किरण शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चेपाङ विद्यार्थीहरुलाई अविरको टिका लगाई भर्ना एवं स्वागत गरिएको थियो ।

कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सो विद्यार्थीहरुले आज देखि नै सो विद्यालयमा आवासीय रुपमा अध्ययन सुरु गरेका छन् । विगत लामो समयदेखि विभिन्न चेपाङ बस्तीका ३० जना चेपाङ विद्यार्थीहरुलाई छात्र वृत्ति प्रदान गर्दै आएको गामबेसीको खबर पत्रिकाले जिल्लाको पुरानो सदरमुकाम उपरदाङ गढिमा चेपाङ संग्रहालय निर्माण गर्न लागेको छ भने गत फाल्गुनमा चितवनको पहाडी गाविसका सबै चेपाङहरुलाई करिब ५० हजार थान कपडा निशुल्क वितरण गरेको थियो भने सो पत्रिकाले हालै देशभर रहेका चेपाङका विषय वस्तुलाई समेटेर चेपाङ विशेषांक समेत प्रकाशित गरिसकेको छ । ***

तपाईको प्रतिक्रिया