Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले विना विभागीय मन्त्री कृष्णप्रसाद सिटौलालाई उपप्रधानन्त्रीमा नियुक्त गरेका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाको सिफारिसमा सिटौलालाई उपप्रधानमन्त्रीमा नियुक्त गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सिटौलाले आइतबार साँझ नै राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएका छन्  ।
सिटौलासँगै सरकारमा उपप्रधानमन्त्रीको संख्या तीन पुगेको छ । यसअघि माओवादीका नारायणकाजी श्रेष्ठ र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार क्रमशः उपप्रधान र परराष्ट्र तथा उपप्रधान र गृहमन्त्री छन् ।
 कांग्रेस झापा क्षेत्र नम्वर २ को क्षेत्रीय सभापति, जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा प्रवेश गरेका सिटौला पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको ‘किचेन क्याबिनेट’मा थिए । उनी यसअघि उद्योग राज्यमन्त्री र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेक्रममा गृहमन्त्री थिए । गृहमन्त्री रहेकैबेला भएको संविधानसभा निर्वाचनमा सिटौला पराजित भएका थिए ।
भट्टराई मन्त्रिमण्डलमा सिटौलासँगै कांग्रेसका सूर्यमान गुरुङ मन्त्री छन् । देउवा समूहलाई मिलाउन दुई मन्त्री कांग्रेसले पठाएको छैन । देउवा समूह सरकारमा नजाने निश्चित भएपछि पुनः मन्त्री पठाउने स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया