Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौँ- संविधानसभाको तेस्रो ठूलो दल नेकपा एमाले तत्काल सरकारमा नजाने भएको छ ।
आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले अहिलेकै परिस्थितिमा सरकारमा नजाने निर्णय गरेको हो । एमाले सरकारमा नजाने निर्णय गरेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकार तत्काल सहमति सरकार नबन्ने भएको छ ।
दुई दिनसम्म बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा सरकारमा जान नहुने अडान लिएका थिए । सहमतिविपरीत प्रधानमन्त्रीअगाडि बढेको आरोप पनि एमालेले लगाएको छ ।
आफूहरूसँग सल्लाहनै नगरी प्रधानमन्त्रीले मन्त्रालय भागबन्डा गरेको भन्दै तत्काल सरकारमा नजाने निर्णय गरेको एमाले सचिव संकर पोखरेलले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो ।
त्यस्तै नेपाली कांग्रेसको देउवा पक्ष पनि तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीभित्रको विवाद नमिलाई एकलौटी रूपमा सरकारमा पठाउने व्यक्तिको नाम चयन गरेकाले आफूहरू सरकारमा नजाने निर्णय गरेको नेताहरूले बताएका छन् ।
सिंहदरबारमा बसेको देउवापक्षीय केन्द्रीय सदस्य र सभासद्हरूको आइतबार बसेको बैठकले आफूहरूको सहमतिविना सरकारमा जाने व्यक्तिको चयन गरेको भन्दै तत्काल सरकारमा नजाने निर्णय गरेको देउवापक्षीय नेता महेन्द्र यादवले जानकारी दिनुभयो ।
संस्थापन पक्षसँग रुष्ट रहेको देउवा पक्षले पार्टीभित्रको विवाद मिलाएर मात्र सरकारमा सहभागी हुनेपर्नेमा जोड दिएको छ ।
तपाईको प्रतिक्रिया