Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
वीरगन्ज- जन प्रजातान्त्रिक पार्टीको को आमसभालाई लक्षित गरी वीरगन्जमा अपराह्न विष्फोट गराइएको छ । घण्टाघर चौक नजिकै रहेको स्वर्गीय मधेसी नेता रामजनम तिवारीको शालिकको पर्खालभित्र बिष्फोट भएको हो। बिस्फोटपछि नजिकै चलिरहेको जनप्रजातात्रिक पार्टीको सभा आक्रान्त भई बिथोलिएको थियो।
आवाज ठूलो भएपनि भौतिक तथा मानवीय क्षति भने भएको छैन् ।
घटनास्थल निरीक्षणका लागि पुगेका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले पट्का पड्केको दाबी गरे ।
आमसभामा उपस्थित पर्सा जिल्ला कौवाबन कटैयाका समिर अन्सारीले ३/४ जनको समूहमा रहेका युवाले पछाडि बाट प्लाष्टिकमा केही राखेर फ्याकेको बताए ।
तपाईको प्रतिक्रिया