Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं – अन्नपूर्ण हिमश्रृंखलाको माछापुच्छ्रे क्षेत्रमा शनिवार विहान गएको हिमपहिरो ‘हिमताल विष्फोट’ का कारण नभएको विशेषज्ञहरुले प्रष्ट्याएका छन् ।
 हिमतालको बाँध अकस्मात फुट्न गई त्यससँगै ठूलो परिमाणमा पानी बाहिर निस्किई तल्लो तटिय क्षेत्रमा बाढी आउनु हिमताल फिष्फोट (ग्ल्यासियर लेक आउटब्रष्ट फ्ल्ड) हो । तर माछापुच्छ्रेमा त्यस्तो नभएको जानकारहरुको विश्लेषण छ ।
एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का जलवायु परिवर्तन विशेषज्ञ अरूण भक्त श्रेष्ठका अनुसार यो क्षेत्र भिरालो प्रकृतिको छ। जुन हिम पहिरोका(एभल्यान्स) लागि सजिलो हुन्छ।
घटनास्थल माछापुच्छ्रे हिमाल सात हजार मिटर हाराहारी उचाईँमा भएकाले हिउँका ढिक्का आएर खोला थुनिएको हुन सक्ने उनले बताए । ‘रुख विरुवा पनि बगाएर ल्याएकाले हिमपहिरो मात्रै होइन’ उनले भने । नेपाली सेना र सरकारले पठाएको हेलिकोप्टरले घटनास्थलको विस्तृत अध्ययन गरिरहेको छ ।
नेपालमा २३३२३ हिमताल छन् ।
तपाईको प्रतिक्रिया