Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष वर्तमान सरकारमा सहभागी नहुने भएको छ।
शनिबार दिउसो सिहदरबारमा बसेको देउवा पक्षीय केन्द्रीय सदस्य र सभासद्हरुको संयुक्त भेलाले संविधानका विवादहरुमा सहमति नभई सरकारमा सहभागी हुन नहुने निष्कर्ष निकालेको हो।
भेलाले प्रमुख तीन दलबीच संविधान निर्माणमा देखिएको विवाद समाधान पछि मात्रै सरकारमा सहभागि हुन पार्टी नेतृत्वलाई दवाव दिने भएको छ। ‘संविधानका विवादीत विषयमा सहमति नभई सरकारमा सहभागि हुनुहुदैन भन्ने भेलाको निष्कर्ष हो’ कांग्रेस नेता विमलेन्द्र निधिले भेला पछि भने।
भेलामा वरिष्ठ नेता देउवा, निधि, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, उमा अधिकारी, अम्विका बस्नेत लगायतका चार दर्जन केन्द्रीय सदस्य र सभासद्हरुको उपस्थिति थियो।
तपाईको प्रतिक्रिया