Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- एकीकृत माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पार्टी उपाध्यक्ष मोहन वैद्य समूहले पाँचबुँदे सहमतिको नभई प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध रहेको बताए ।
रिपोटर्स क्लब नेपालको कार्यक्रममा बोल्दै गजुरेलले भने-‘वैद्यजीहरुको आक्रोश पाँचबुँदेभन्दा पनि प्रधानमन्त्री भट्टराईप्रति हो,’ उनले भने- कांग्रेस नेतृत्वमा बन्ने सरकारमा उहाँहरु पनि सरकारमा जानुहुन्छ ।
पार्टी फुट्न या नफुट्ने जेठ १४ वरिपरि गएर थाहा हुने पनि उनले बताए । ‘अहिले पार्टी फुटि हाल्छ भन्ने होइन, तर जेठ १४ वरिपरि गएर थाहा यसबारे धेरै कुरा हुन्छ,’ उनले भने ।
सहमतिको सरकारका निम्ति धेरै मिहिनेत गरेको दाबी गर्दै गजुरेलले यसका निम्ति भारत र चीनको सकारात्मक भूमिका रहेको पनि बताए । ‘विदेशी चलखेल भनेको नकारात्मक र सकारात्मक दुवै हुन्छ,’ उनले भने- शान्ति र संविधानका लागि भारत र चीनको भूमिका सकारात्मक छ ।
तपाईको प्रतिक्रिया