Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – यसपाली चौथो गणतन्त्र दिवस बिशेषरूपमा मनाईने भएको छ । सरकारले गणतन्त्र दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन केन्द्रदेखि गाउँस्तरसम्म विभिन्न कार्यक्रमहरुको तय गरेको बुझिएको छ ।

हालै बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले यो वर्षको गणतन्त्र दिवस अविष्मरणीय र सबैले गर्व गर्ने खालको बनाउन विभिन्न मन्त्रालयका सचिव र कर्मचारीलाई निर्देशन दिएका छन ।

गणतन्त्र दिवसका अवसरमा राजधानीदेखि गाउँस्तरसम्म जेठ १४, १५ र १६ मा प्रभातफेरी, खेलकुद, प्रवचन, सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । राजधानीमा रेडियो नेपालमा चेतनामूलक लोकदोहोरी प्रतियोगितादेखि सरसफाइसम्मका कार्यक्रम गरिनेछ । गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्न विभिन्न लेख रचनाको संगालो प्रकाशन गर्नुका साथै टेलिभिजन, रेडियो र निजी क्षेत्रका सञ्चारमाध्यमबाट गणतन्त्रबारे संवाद गर्ने कार्यक्रम तय भएको छ ।

गणतन्त्र दिवसकै दिन बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुनेछ भने जसमा संवैधानिक अंगका पदाधिकारी, मन्त्री, कर्मचारीदेखि शिक्षक, विद्यार्थी, युवक, किसान र उद्योग व्यवसायीलगायत सहभागी हुनेछन् । त्यही दिन बेलुकी र भोलिपल्ट दीपावली हुनेछ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा समेत तीनै दिन विभिन्न कार्यक्रम गरिने गृहमन्त्रालयले जनाएको छ । ***

तपाईको प्रतिक्रिया