Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

जेठ १४ अगावै काँग्रेसलाई नेतृत्व

काठमाडौं – गएराती तीन दल र स‌युक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच दुई दिन भित्र प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार निर्माण गर्नेलगायतका पाँच बुँदे सहमति भएको छ । सहमति अनुसार जेठ १४ अगाडि नै सरकारको नेतृत्व काँग्रेसले पाउने छ ।

बुधबार दोस्रोपटक बसेको बैठकले राति १२ बजे दलहरुबीच सहमतिको सरकार गठन र स‌विधान निर्माणका विषयमा सहमति जुटेको हो । यसअघि सरकारमा रहेका माओवादी र मधेसी मोर्चाका सबै मन्त्रीहरुले राजीनामा दिएका थिए ।

दलहरुबीच भएको सहमतिको बुँदा न‌म्बर ३ मा जेठ १४ अगावै स‌विधान घोषणा गर्ने र सविधान घोषणा गर्नुअघि वर्तमान प्रधानमन्त्रीले राजीनामा दिइ नेपाली काँगरेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उल्लेख गरिएको छ । साथै उक्त सरकारले एक बर्षभित्रमा राष्ट्रिय निर्वाचन सम्पन्न गराउने पनि सहमतिमा उल्लेख छ ।

त्यसैगरी सहमतिको बुँदा नम्बर १ मा सरकारमा रहेका सबै मन्त्रीहरुले राजीनामा दिइसकेको अवस्थामा दुई दिन भित्र सहमतिको सरकार गठन गर्ने उल्लेख छ भने बुँदा २ मा स‌विधानको विवादित विषयहरु राज्य पुनर्स‌रचना र शासकीय स्वरुपलगायतका विषय ३ दिनभित्र सहमतिमा टुङ्ग्याउने रहेको छ। सहमति नजुटेका बिषय स‌विधानसभामा मतदानबाट टुङ्गो लगाईने भएको छ ।

सहमतिको बुँदा नम्बर ४ मा शान्ति प्रकृयाका बाँकी कामहरु विगतको सहमति अनुसार अविलम्ब पुरा गर्ने र बुँदा नम्बर ५ मा स‌विधान निर्माणको काम तिब्रता दिन नेताहरुको नियमित बैठक गर्ने रहेको छ ।

सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन छलफलमा जुटेको काँग्रेस र एमालेका नेताहरु म‌गलबार भारतीय राजदूत जयन्त प्रसादको समेत उपस्थितिमा काँग्रेस महामन्त्री कृष्ण सिटौला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच भएको बार्ता पछि डा. बाबुराम भट्टराईकै नेतृत्वमा सरकारमा जान सहमत भएका हुन् ।

 

तपाईको प्रतिक्रिया