Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा प्रमुख दलहरू सम्मिलित राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भए पनि फेरि अन्यौल सिर्जना भएको छ ।
मधेसी मोर्चाका घटकहरुले अहिलेकै सरकारमा कांग्रेस र एमालेका नेताहरु पनि सहभागी हुने अभिव्यक्ति दिएपछि अन्यौल सिर्जना भएको छ । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले वर्तमान मन्त्रिपरिषद् विघटन नहुने अभिव्यक्ति दिएपछि अन्यौल भएको हो ।
एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरूबीच बुधबार साँझ भएको समझदारीअनुसार भट्टराईले मन्त्रिमण्डल विघटन गरी प्रमुख दलहरूलाई ‘सहमतिको सरकारमा सहभागी हुन’ आह्वान गर्ने बताइएको थियो ।
दलहरूले सहमतिको सरकार निर्माणबारे भएको समझदारीलाई बिहीबार लिखित सहमतिका रुपमा सार्वजनिक गर्ने जानकारी दिएका छन्।
बुधबार दिनभरि चारै दलका शीर्ष नेता तथा वार्ताकारहरूबीच अनेक पटक अनेक ठाउँमा भएका छलफलपछि साँझ चार दलबीच नयाँ बानेश्वरस्थित विशेष समितिको सचिवालयमा बैठक भएको थियो। बैठकबारे सञ्चारकर्मीलाई औपचारिक जानकारी दिँदै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले ‘राष्ट्रिय सहमतिको सरकार गठनको सहमति हुने’ बताए।
तपाईको प्रतिक्रिया