Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाण्डौं–जनकपुर वम विष्फोटका घाइतेहरुसँग वुधबार विहान प्रधानमन्त्री डा. बावुराम भट्टराईले भेट गर्नुभएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराईरहेका घाईतेहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले घाइतेहरुको सम्पूर्ण उपचार सरकारले गर्ने बताउनु भयो ।
घटनामा निधन हुनेहरुलाई सरकारले सहिद घोषणा गर्ने र परिवारलाई क्षतिपूर्ति दिने पनि उहाँले बताउनु भयो । गम्भीर अवस्था भएका घाइतेलाई एयर एम्वुलेन्स मार्फत थप उपचारको लागि भारत लगिने व्यवस्था सरकारले गर्ने प्रधानमन्त्रीले बताउनु भयो ।
घटनाको सत्य तथ्य छानविन गरी अपराधीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
तपाईको प्रतिक्रिया