Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- जनकपुरको रामानन्द चोकमा सोमबार वम विष्फोट हुँदा ४ जनाको मृत्यु भयो । जनकपुरमा भएको यो अहिलेसम्मकै ठूलो घटना हो । घटनामा ३० भन्दा बढी घाइते छन्।
मर्नेहरुमा मिथिला नाट्यकला परिषदका कलाकार रञ्जु झा, ३२, स्थानीय विमल चरण र झगरु मण्डल रहेका छन। उपचारका क्रममा सुरेश उपाध्यायको मृत्यु भएको छ। उनीहरु मिथिला राज्यको माग गर्दै सञ्चालित धर्नामा बसेका थिए।
धर्नास्थलमै आएर रोकिएको ज २ प ९३९५ नम्बरको मोटरसाइकल विष्फोट भएको थियो। बम बोकेको मोटरसाइकल कसले ल्यायो भन्ने खुल्न सकेको छैन।
घटनास्थलमा अहिले पनि रगतका टाटा सडकमा देखिन्छ। गम्भीर घाइतेको राजधानीमा उपचार भइरहेको छ । हेरौं यो घटनाका केही हृदयविदारक तस्बिरः
तपाईको प्रतिक्रिया