Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
विराटनगर- प्रधान मन्त्री बाबुराम भट्टराईले आफूले तत्काल राजीनामा नदिने बताएका छन्। उनले यही सरकारले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान जारी गर्ने पनि बताए।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन। उनले आफूविरुद्ध ल्याउने भनिएको अविश्वास प्रस्ताव हल्लामात्र भएको दाबी पनि गरे।
भट्टराईले संविधान बहुमतीय आधारमा नभई सबै राजनीतिक दलको सहमतिको आधारमा जारी हुने उल्लेख गर्दै संविधान निर्माणमा देखिएका विवाद समाधान हुँदै गएको जानकारी पनि दिए।
तपाईको प्रतिक्रिया