Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

लिस्बन – पोर्चुगलका लागि पनि राजदूत नियुक्त हुनुभएका फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ पोर्चुगलका राष्ट्रपति अनिबाल आन्तोनियो काभाको सिल्भा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्न आज पोर्चुगल पुग्ने कार्यक्रम छ।

पोर्चुगलका लागि समेत नेपालका राजदूत रहेका श्रेष्ठले अन्य राष्ट्रका राजदूतहरुसंगै आगामि मे २ तारिखका दिन राष्ट्रपति भबन पालासियो बेलेममा एक औपचारिक समारोहका बीच आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने जानकारी राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको छ।

दूताबासका सहयोगीसहित पोर्चुगल आउनुहुने राजदूत श्रेष्ठद्वारा दूताबासबाट हुने कन्सुलर सम्बन्धि कामहरु, नया पासपोर्ट बनाउने, नबिकरण गर्ने, वारेसनामा, कागजात प्रमाणिकरण लागायतका कामहरुको बारेमा जानकारी गराउने कार्यक्रम छ । रोसियोमा १ मे का दिन बिहान ११ बजे देखि दिउसो २ बजेसम्म राजदूत श्रेष्ठसंग भेटघाट कार्यक्रम रहेको हुंदा इच्छुक महानुभावहरुले सो समयमा कार्यालयमा सम्पर्क गर्नु हुन एनआरएन पोर्चुगलका अध्यक्ष रमेशकुमार गुरुङले अनुरोध गर्नुभएको छ।

राजदूत श्रेष्ठको स्वागत सहित पोर्चुगलमा रहेका नेपालीहरुका बिबिध समस्याहरुको बिषयमा छलफल गर्न एनआरएन पोर्चुगलले १ मे का दिन दिउसो ३.३० बजे पोर्चुगलस्थित संघसंस्थाहरु तथा समस्त प्रबासी नेपालीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोले सम्पूर्ण पोर्चुगलवासी दाजुभाइ तथा दिदिबहिनिहरुलाई सहभागिताको निम्ति अनुरोध गरेको छ।

राजदूत श्रेष्ठको सम्मानमा गैर आवासीय नेपाली संघ पोर्चुगल र पोर्चुगल नेपाल मैत्री संघले छुट्टाछुट्टै रात्रीभोजको आयोजना समेत गरेको जानकारी प्राप्त भएको छ।

पोर्चुगलमा रहेका नेपालीहरुका कुटनीतिक समस्या समाधानार्थ लिस्बनमा अबैतनिक महाबाणिज्यदूतको नियुक्तिको निम्ति सर्बसम्मत सिफारिस गरेका पोर्चुगलवासी नेपाली संघसंस्थाहरु तथा प्रवासी नेपालीहरुले राजदूतावासबाट सार्थक पहलको अपेक्षा सहित राजदूत श्रेष्ठको यो भ्रमणलाई अभिरुचिपुर्बक नियालीरहेका छन्।

तपाईको प्रतिक्रिया