Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
जनकपुरधाम-एकीकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले पार्टी अध्यक्षद्वारा प्रस्तावित १० प्रदेशको खाका पार्टीको आधिकारिक प्रस्ताव नभएको बताएका छन्। सो प्रस्ताव अध्यक्षको व्यक्तिगत भएको उनले बताए।
संयुक्त राष्ट्रिय जनआन्दोलन समितिद्वारा आयोजित जनसभामा उनले १० प्रदेशको प्रस्ताव पार्टी अध्यक्षको व्यक्तिगत प्रस्ताव भएको उल्लेख गरेका हुन्।
दस प्रदेशको प्रस्तावमा मिथिला प्रदेशलाई गायब गर्नुप्रति रोष प्रकट गर्दै उनले मिथिला प्रदेशबिनाको संविधान आफूहरुलाई मान्य नहुने स्पष्ट पारे। उनले चार पार्टीका नेताको लेनदेनमा संविधान निर्माण गरिए त्यो राष्ट्रका लागि हितकर नहुने पनि धारणा राखे।
तपाईको प्रतिक्रिया