Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्ष २०६८–०६९ को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरूको जिल्ला भ्रमणमा एक करोड ३२ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
सो कार्यालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा सबैभन्दा बढी जिल्ला भ्रमण खर्च स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले गरेका छन् । उनले २०६८ फागुन ४ गतेसम्ममा रु. ६ लाख दुई हजार ५८० बुझेका छन् ।
मन्त्रिपरिषद्का सदस्यहरूले जिल्ला भ्रमणमा जाँदा दैनिक भ्रमण भत्ता, होटल बास खर्च र भ्रमण खर्च लिने गरेको कार्यालयले जनाएको छ । वर्तमान मन्त्रिपरिषद्का ४६ मन्त्रीले यस्तो भ्रमणभत्ता लिएका छन् ।
सो कार्यालयका अनुसार उपप्रधानमन्त्री विजयकुमार गच्छदारले रु. ३ लाख २८ हजार, पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले रु. १ लाख, मन्त्री हृदयेश त्रिपाठीले रु. ९० हजार, मन्त्री पोष्टबहादुर बोगटीले रु. ७७ हजार, मन्त्री राजेन्द्र महतोले रु. ३ लाख ८८ हजार र मन्त्री वर्षमान पुनले रु. १ लाख ७७ हजार बुझेका छन् ।
मन्त्रीहरू दीनानाथ शर्माले रु. ३ लाख ३६ हजार, महेन्द्रप्रसाद यादवले रु. १ लाख ५५ हजार, लोकेन्द्र विष्टमगरले रु. २ लाख ४२ हजार, गोपाल किरातीले रु. ४ लाख ६१ हजार, भीमप्रसाद गौतमले रु. १ लाख १६ हजार, रामकुमार यादवले रु. १ लाख र अनिलकुमार झाले रु. ५ लाख ६४ हजार लिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
त्यस्तै, मन्त्रीहरू वृजेशकुमार गुप्ताले रु।४ लाख ५० हजार, हेमराज तातेडले रु. ४७ हजार, कमला रोक्काले रु. १ लाख ५० हजार, राजलाल यादवले रु. ३ लाख १७ हजार, मुहम्मद वकील मुसलमानले रु. ६७ हजार, दानबहादुर चौधरीले रु. ३ लाख ८७ हजार, कल्पना धमलाले रु. १ लाख ५५ हजार र सत्य पहाडीले रु. ३ लाख ८८ हजार बुझेका छन् ।
पूर्वमन्त्री नन्दनकुमार दत्तले रु.५ लाख र सरिता गिरीले रु. ६३ हजार भ्रमण खर्च लिएका छन् ।
त्यस्तै, राज्यमन्त्रीहरू खोभारी रायले रु. २ लाख ५९ हजार, राम बचन यादवले रु. १ लाख ७५ हजार, सरोज कुमार यादवले रु. ७९ हजार, दिलीप महर्जनले रु. २ लाख ८३ हजार र विष्णुप्रसाद चौधरीले रु. १ लाख १५ हजार बुझेका छन्
कार्यालयका अनुसार राज्यमन्त्रीहरू सूर्यमान दोङले रु. ३२ हजार, लीला भण्डारीले रु. ३ लाख १९ हजार, गोपी अछामीले रु. ४ लाख, घनश्याम यादवले रु. ४ लाख १८ हजार, ज्वालाकुमारी साहले रु. ८७ हजार, सुष्मा शर्माले रु। ४४ हजार, हरिराज खेवाले रु. ४ लाख ४५ हजार, सुनिताकुमारी महतोले रु. ८४ हजार तथा भीमराज चौधरी राजवंशीले रु. २ लाख ५२ हजार लिएका छन् ।
त्यस्तै, राज्यमन्त्रीहरू लक्ष्मण महतोले रु. ९७ हजार, दुर्गादेवी महतोले रु. ८४ हजार, काशीदेवी झाले रु. ६६ हजार, ईश्वरदयाल मिश्रले रु. ४ लाख ७१ हजार, अरविन्द साहले रु. ३ लाख ४७ हजार, रमणी रामले रु. २७ हजार, सुरिताकुमारी साहले रु. २ लाख ३० हजार र ओमप्रकाश यादवले रु. १ लाख ४६ हजार बुझेका छन् ।
चालु आर्थिक वर्षमै कायम रहेको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको मन्त्रिपरिषद्का सदस्यले रु. २४ लाख ७९ हजार भ्रमण खर्च लिएको पनि मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया