Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– त्रिभुवन अन्तराट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शनिबार यात्रु र पाइलटबीच कुटाकुट भएको छ । विमानस्थल स्रोतका अनुसार माउन्टेन फ्लाइटका लागि बिहान विमानस्थल पुगेका भारतीय मुलका सात अमेरिकी नागरिकले सिम्रिक एअरका पाइलट सिद्धार्थ गुरुङमाथि दुव्र्यवहार गरेपछि कुटाकुट भएको हो । झगडा छुट्याउन प्रहरीले हस्तक्षेप नै गर्नु परेको थियो ।
ती अमेरिकीले ८:३० बजेका लागि माउन्टेन फ्लाइट बुक गरे पनि सिम्रिक एअरले ९:३० बजेमात्र खराब मौसमका कारण उठान रद्द भएको जनाएपछि आक्रोशित यात्रुले गुरुङको अनुहारमा पानीको बोतल प्रहार गरेका थिए ।
आपुर्तीमन्त्री लेखराज भट्ट सिम्रिक एअरकै हेलिकोप्टरबाट माउन्टेन फ्लाइट गएको र उनले समय बढी लिएका कारण सिम्रिकको पछिल्लो उडान ढिलो भएको स्रोतको दाबी छ ।
तपाईको प्रतिक्रिया