Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
कतार– आरम्भ नाट्य डबली दोहा कतारले कतारको दोहा सिनेमा हलमा यहि मार्च ४ तारिखको दिन चलचित्र कालापानी प्रदर्शन गर्न गईरहेको छ ।
सुशीला रायमाझीको अन्तिम चलचित्र कालापानीमा निखिल उप्रेती, दिलीप रायमाझी, गणेश उप्रेती, संचिता लुईंटेल, ऋचा घिमिरे तथा मुकुन्द थापाको अभिनय रहेको छ भने यस चलचित्रमा लेखन तथा निर्देशन उद्धव अभिजितको रहेको छ ।
चलचित्र विकास बोर्ड २०६८ द्वारा एवार्ड प्राप्त गर्न सफल चलचित्र कालापानी पूर्ण देशभक्ती कथा समेटिएको चलचित्र भएको लेखक तथा निर्देशक उद्धव अभिजीलतले बताए । सेल्युट इन्टरटेनमेन्टको पहिलो प्रस्तुति यस चलचित्रमा राजेश पायल राई, अन्जु पन्त, सोम निरौला तथा पुष्पा पौडेलको रहेको छ भने त्यस्तै गरी द्वन्द्वमा कुमार महर्जन र गीत कविराज गहतराजको रहेको छ ।
देशलाई माया गर्नेहरुको लागि समर्पित कालापानी चलचित्रको स्लोगन भने राष्ट्रियता र वीरताको कथा भनी राखिएको छ । छिमेकी देशबाट हुँदै आएको सीमा अतिक्रमणको मुख्य विषयबस्तुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रको समयावधि भने २ घण्टा १० मिनेटको रहेको छ ।
दोहाको दोहा सिनेमाहलमा दिउँसो १ बजे प्रदर्शन गर्न लागिएको चलचित्रको टिकट दर भने २०, २५ र ५० कतारी रियाल रहेको छ । आरम्भ नाट्य डबली मुख्य आयोजक रहेको सो चलचित्रको आयोजक सदस्यहरुमा भने सन्तोष थापा, लाल भट्ट र कविराज सुवेदी रहेका छन् भने नेपालमा यसको संयोजन श्रमिक गेष्ट हाउसका सञ्चालक गणेश ढकाल र सरोज पाण्डे रहेका छन् ।
तपाईको प्रतिक्रिया