Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ – सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले अहिलेको राजनीतिक लडाईं परिवर्तनको चाहना राख्ने र यथास्थितिमा नै अल्मलिनेबीच केन्द्रीत रहेको बताएका छन् ।
अवधि पत्रकार सङ्घ केन्द्रीय समितिद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान निर्माण र शान्ति प्रक्रियाको मूल मुद्दालाई छाडेर सरकारप्रति अविश्वास प्रस्ताव ल्याउने काङ्ग्रेसको प्रयास राजनीतिको अभद्र प्रयासमात्र हो ।’
अहिले सत्ता प्राप्ति र सरकारमा सहभागिता भन्दा पनि शान्ति र संविधान सबै राजनीतिक दलका लागि मुख्य तथा साझा मुद्दा बन्नुपर्ने यादवको सुझाव थियो ।
उनले नयाँ निर्माण हुने संविधान समावेशी हुने विश्वास दिलाउँदै राज्यको पुनःसंरचना र शासकीय स्वरूपमा राजनीतिक दलबीच सहमति भयो भने मुलुक र जनताले अधिकारसहितको संविधान उपहारका रूपमा पाउने बताए ।
सङ्घीय राज्य निर्माणको विपक्षमा उभिने जो कोही पनि परिवर्तनका विरोधी भएको तर्क राख्दै यादवले एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणालीले जनताबीचको आन्तरिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय भावना थप बलियो हुने जनाए ।
‘राम्रो र हाम्रो संविधान निर्माणका लागि राजनीतिक दलहरू दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने र मत विभाजनका आधारमा होइन सहमतिका आधारमा दलहरू साझा सहमतिमा पुग्नेमा म विश्वस्त छु,’ मन्त्री यादवको भनाइ थियो ।
पत्रकारहरुको प्रश्नको जवाफमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का कार्यवाहक अध्यक्षसमेत रहेका मन्त्री यादवले राज्यको पुनःसंरचना गर्दा खण्डित मधेस आफ्नो दललाई कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।
पहिचान र सामथ्र्यको आधारमा सङ्घीय प्रदेश निर्माण हुनुपर्ने र अहिले माओवादीले प्रस्तुत गरेको १० प्रदेशको पक्षमा सहमत हुन सक्ने आधार देखिएको यादवले बताए । ***
तपाईको प्रतिक्रिया