Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
बिर्तामोड (झापा)- विश्व साइकलयात्री सौरभ दाहाल शनिबार गृहजिल्ला झापा आएका छन् । दुवईबाट ओमान जानेक्रममा ‘ट्रान्जिट’ परेर दाहाल यसै साता काठमाडौं आएका थिए ।
सवैका लागि शिक्षा, गौतम बुद्धको जन्मस्थल नेपाल र जलवायु परिवर्तनको नारा लिएर सन् २००७ मा विश्व साइकलयात्रामा निस्किएका दाहालले अहिलेसम्म ४५ राष्ट्रको भ्रमण गरिसकेका छन् । ४६ औं राष्ट्रको रुपमा दाहाल यसै सातादेखि ओमान भ्रमणमा जानेछन् ।
पाँच वर्षपछि झापा आउने अवसर पाउँदा खुशी भएको दाहालले बताए । ‘पाँच वर्षपछि आफ्नो जन्मस्थल आउन पाउँदा खुशी लाग्यो,’ दाहालले भने, ‘बाँकी मुलुक जानका लागि मलाई अझै आत्मबल बढेर आएको छ ।’
दाहालले सन् २०२० सम्ममा विश्वका २ सय ५ राष्ट्र भ्रमण गर्नेछन् । कान्तिपुर दैनिकको ब्राण्ड एम्बासडर रहेका दाहालले आफ्नो भ्रमणकाक्रममा प्राप्त भएको सहयोग निम्नवर्गको शिक्षाका लागि खर्च गर्ने गरेका छन् । दाहालले झापा, मोरङ, डडेलधुला, कैलाली, चितवनलगायतका जिल्लाका आधा दर्जन विद्यालयलाई लाखौं सहयोग गरेका छन् ।
तपाईको प्रतिक्रिया