Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025
टोकियो–हत्या अभियोगमा प्रन्ध वर्षदेखि जापानमा बन्दी जीवन बिताइरहेका इलामका गोविन्दप्रसाद मैनाली निर्दोष साबित हुने सम्भावना बढेको छ ।
घटनास्थलबाट संकलन गरिएका ४२ वटा प्रमाणको डिएनए परीक्षण गर्दा कुनै पनि गोविन्दसँग मेल खाएन । उनलाई ढिलोचाँडो निर्दोष घोषणा गरी नेपाल फर्काइनेछ भन्नेमा नेपालमा रहेको उनको परिवार ढुक्क छ ।
टोकियो इलेक्ट्रोनिक पावर कम्पनीमा काम गर्ने एक जापानी महिलाको हत्या आरोपमा टोकियो उच्च न्यायलयले गोविन्दलाई आजीवन कारावास सजाय सुनाएको थियो ।
संकलन गरेका सबै प्रमाणको डिएनए परीक्षणले गोविन्द घटनामा संलग्न नभएको प्रष्ट पारेको छ । डिएनए परीक्षण यहि सोमबार टोकियो उच्च न्यायालयलाई बुझाइएको थियो । टोकियोको ओसाका विश्वविद्यालयका प्राध्यापक डा. सुजुकीले डिएनए परीक्षण गरी प्रतिवेदन अदालतलाई बुझाएका हुन् ।
सन् १९९७ मा ३९ वर्षीया जापानी महिला यासुको वाटानाबीको लुटपाटपछि हत्या गरेको आरोपमा टोकियो उच्च न्यायालयले गोविन्दलाई २००० डिसेम्बरमा दोषी ठहर गर्दै आजीवन काराबास सजाय सुनाएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया