Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
हङकङ – उत्तर कोरियाका राष्ट्रपति किम योङ नामले नेपाल भ्रमण गर्ने इच्छा देखाएका छन्। उत्तर कोरियाको सर्वोच्च जनपरिषद्को स्थायी समिति अध्यक्ष किम भर्खरै सर्वोच्च नेता बनाइएका किम जोङ उन पछिका दोस्रो उच्च अधिकारी हुन्।
उत्तर कोरियाका लागि गैरआवासीय नेपाली राजदूत महेश मास्केबाट ओहदाको प्रमाणपत्र बुझ्ने क्रममा राष्ट्रपति किमले परराष्ट्र उपमन्त्री हुँदा नेपाल भ्रमण गरेको स्मरण गर्दै पुनः आउने इच्छा देखाएका हुन्। कोरियाली नेता किम इल सुङको सयौं जन्मोत्सव विशेष समारोहको अवसरमा बेइजिङस्थित राजदूत मास्केलाई अघिल्लो साता प्योङयाङ बोलाइएको थियो।
चार महिनाअघि उत्तर कोरियाका नेता किम जोङ इलको हदयाघातबाट मृत्यु भएपछि २८ वर्षीय छोरा किम जोङ उनले शासन हातमा लिएका थिए। उनी सेनाको कमान्डर इन चिफ र कोरियाली श्रमिक पार्टीको सर्वोच्च नेता हुन्। चीनको बलियो साझेदार आणविक राष्ट्र उत्तर कोरियाले अमेरिका लगायत पश्चिमा राष्ट्रको कडा आर्थिक नाकाबन्दी सामना गर्दै आएको छ।
किम जोङ इलको मृत्युप्रति समवेदना जनाउँदै नाति उनलाई सन्देश पठाउने थोरै राष्ट्रमध्ये नेपाल पनि थियो।
तपाईको प्रतिक्रिया