Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ- पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पाकिस्तानको सर्वोच्च अदालतले अदालतको मानहानी सम्बन्धी मुद्दामा दोषी किटान गरेको छ ।
बिहीबार गरेको फैसलामा पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारीविरुद्धको भ्रष्टाचार मुद्धालाई पुन कारबाही सुरु गर्न अदालतले दिएको आदेश नमानेकोमा प्रधानमन्त्री गिलानीलाई दोषी ठहराइएको हो ।
अदालतको मानहानी गरेको भनी गत केही महिनादेखि अदालतले मानहानीमा मुद्दा चलाईरहेको थियो । पाकिस्तानको सर्वोच्च अदालतका न्यायाधीश नासिर अल मुलकको नेतृत्वको सात सदस्यीय इजलासले बिहीबार फैसला गरेको समाचारमा जनाइएको छ ।
सन् २००८ मा जर्दारी राष्ट्रपति बनेपछि स्विट्जरल्यान्ड सरकारले उनीमाथिको मुद्दालाई स्थगन गरिएको थियो । सोही मुद्दालाई पुन कारबाही सुरुगर्न अदालतले प्रधानमन्त्री गिलानीलाई आदेश दिएको थियो । प्रधानमन्त्री गिलानीले भने राष्ट्रपतिलाई उन्मुक्ति भएको दाबी गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया