Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले झापा, मोरङ र सुनसरीलाई कोच प्रदेश बनाउने पार्टी निर्णय कार्यान्यन हुनैपर्ने बताएका छन् ।
‘ऐतिहासिक पहिचानलाई कायम राख्न तीन जिल्ला मिलाएर कोचिला स्वायत्त प्रदेश निर्माण गर्ने निर्णय माओवादीको पाँचौं विस्तारित बैठकले गरेको हो,’ गजुरेलले बुधबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भने, ‘कोचिला एउटा भूगोल हो, विभिन्न जातीय, भाषिक, सांस्कृतिक समुदायको समिश्रण रहेको कोच राज्यलाई जातीय रुपमा हेरिनुहुँदैन ।’
माओवादी १४ प्रदेशकै पक्षमा रहेको र त्यसमा तलमाथि नभएको पनि उनले बताए । ९, १० प्रदेशमा सहमति हुन सक्ने पनि उनले औंल्याए ।
पार्टीको मोहन वैद्य समूह शान्ति र संविधान विरोधी भएको आरोप उनले लगाए । ‘वैद्य समूहले शान्ति पनि चाहेको थिएन, अब संविधान पनि चाहेको छैन,’ उनले भने, ‘हामीलाई राष्ट्रघाती भन्नेहरु नै आफैं राष्ट्रघाती हुन् । वैद्य समूह १२ बुँदेदेखिकै विरोधी हो । अब तिनीहरु निमिट्यान्न हुन्छन् ।
तपाईको प्रतिक्रिया