Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौँ- नेपाली कङ्ग्रेसका केन्द्रीय कार्यसमिति र संसदीय दलको आज बसेको बैठकले प्रतिनिधिसभाका सदस्य धेरै नबनाउन र राजनीतिक स्थिरता कायम हुने गरी शासकीय स्वरुप अवलम्बन गर्नुपर्ने निर्णय गरे‍को छ।
बैठकमा सभापति सुशिल कोइरालाले राजनीतिक दलहरूको बीचमा भइरहेको छलफलका बारेमा जानकारी गराएका थिए।
संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको उक्त दलको बैठकले राजनीतिक दलहरू बीचमा प्रतिनिधिसभा सदस्यको सङ्ख्या ३२५ बनाउने भन्ने अनौपचारिक सहमतिलाई पुनरावलोकनका लागि अन्य राजनीतिक दलहरूसँग आग्रह गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए।
उनले संविधान निर्माणका क्रममा देखिएका विवादहरू संवैधानिक समितिले थपेको दुई दिने म्यादभित्र नै हल हुने धारणा राख्नुभएको केन्द्रीय सदस्य केसीले जानकारी दिए।
बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सभासद्ले संसदीय प्रणालीबाट कङ्ग्रेस अलग हुन नहुने विषयमा जोड दिएका थिए।
तपाईको प्रतिक्रिया