Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– संघीय सद्भावना पार्टीका नवनिर्वाचित अध्यक्ष अनिलकुमार झाले भूगोलका आधारमा हिमाल, पहाड र मधेस गरी जम्मा तीनवटा मात्र प्रदेश हुनुपर्ने बताएका छन् ।
‘धेरै प्रदेश देशले थेग्न सक्दैन । यदि अखण्ड नेपालको जनचाहनालाई आत्मसात गरी राजनीतिक दलहरुले तीन प्रान्तमा विभक्त गरी संघीयतामा जानुपर्छ,’ रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उद्योगमन्त्रीसमेत रहेका झाले भने ।
आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा नरहेको जनाउँदै उनले मुलुकमा संसदीय प्रणाली कायम राखी यसैलाई बलियो बनाउनु पर्ने बताए ।
बैशाख ८, ९ र १० गते वीरगञ्जमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत रुपमा पुनः पार्टी अध्यक्षमा छानिएका झाले भावी संविधानमा व्यवस्था गर्नुपर्ने शासकीय स्वरुपबारे आफ्नो दलको धारणा प्रस्ट्याउँदै हाम्रोजस्तो देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री दुबै उपयुक्त नहुने जिकीर गरे । सेरमोनियल राष्ट्रपति र संसदबाट चुनिएको कार्यकारी प्रधानमन्त्री नै नेपालको माटो सुहाउँदो र देशका लागि हितकारी हुने उनको भनाइ थियो ।
साक्षात्कार कार्यक्रममा मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष झाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार निर्माण हुनुपर्ने धारणा अघिसारे ।
संघीयतासहितको संविधान जारी गर्ने सहमति माओवादी, कांग्रेस, एमाले र मधेसी दलहरुबीच भएको स्मरण गराउँदै उनले आफू र आफ्नो पार्टी यसैका लागि प्रतिवद्ध रहेको बताए ।
शान्ति र संविधानलाई आफ्नो पार्टीले अहम् महत्व दिएको जनाउँदै मन्त्री तथा संघीय सद्भावना पार्टीका अध्यक्ष झाले अधिकारविहीनहरुलाई अधिकारसम्पन्न तुल्याउन आफूहरु कटिवद्ध रहेको बताए । लोकतान्त्रिक संघीय गणतान्त्रात्मक समतामूलक समाज स्थापना गर्नु नै संघीय सद्भावना पार्टीको मूल उद्देश्य रहेको पनि झाले स्पष्ट पारे ।
मन्त्री झाले वीरगन्ज महाधिवेशनबाट शान्ति, लोकतन्त्र, पहिचान, संघीय शासन प्रणाली, समानुपातिक प्रतिनिधित्व, समानताका अधिकारयुक्त समावेशी संविधान निर्माणका लागि पार्टी अगाडि बढ्ने बताए ।
तपाईको प्रतिक्रिया