Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
विराटनगर– तेह्रथुमको सम्दु ३ मा गएराती एक व्यक्तिले आफ्नी आमाको हत्या गरेका छन् ।
सम्दु ३ का २३ वर्षीय ठुले भनिने दिवस लिम्बुले आफ्नी आमा ४२ वर्षीया धिमकुमारी लिम्बुको हत्या गरेका हुन् । बुवाको मृत्यु भएपछि आमाले दोश्रो विवाह गरेको र सोहि विषयमा आमाछोराबिच लामो समयदेखि विवाद चल्दै आएको बताईएको छ ।
सोहि विवादका कारण गएराती दिवसले आमालाई लाठीले टाउकोमा प्रहार गर्दा धिमकुमारीको घटनास्थलमै मृत्यु भएको पुर्व क्षेत्रीय प्रहरी कार्यँलय विराटनगरले जनाएको छ । हत्या गर्ने दिवसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।
तपाईको प्रतिक्रिया