Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

लिस्वन – गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आहवानअनुसार गैर आवासीय नेपालीहरुको सामुहिक लगानी नेपालमा भित्र्याउने अभियान अन्तरगत पोर्चुगलबाट हातेमालो गर्दै पोर्चुगलमा रहेका गैर आवासीय नेपालीहरुलाई लगानीका निम्ति अभिप्रेरित गर्न एनआरएन पोर्चुगलले कार्यारम्भ गरेको छ।

एनआरएन पोर्चुगल, राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रमेशकुमार गुरुङको अध्यक्षतामा हालै संघको कार्यालय रोसियोमा बसेको पोर्चुगलमा अवस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुको संयुक्त बैठकले नेपालमा पोर्चुगलबाट सामुहिक लगानी भित्र्याउने कार्यमा सहजीकरणको निम्ति एक समिति समेत गठन गरेको छ।

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्य पूर्ण हमालको संयोजकत्वमा गठित उक्त समितिमा लक्ष्मीप्रसाद सापकोटा, मनबहादुर पुर्जा, डिलाराम चापागाई, दावा सांगे पाख्रिन, गोबिन्द सापकोटा र भीम केसी कमल सदस्य रहेका छन्।

उक्त समितिले पोर्चुगलमा रहेका सम्पूर्ण संघसंस्थाहरु, ब्यबसायीहरु लगायत समस्त गैर आवासीय नेपालीहरुसंग अन्तरक्रिया गरी पोर्चुगलबाट नेपालमा समुहिक लगानीको निमित्त सार्थक पहल गर्ने जानकारी समितिका संयोजक पूर्ण हमालले दिएका छन्।

साथै उक्त बैठकले एनआरएनसहित समस्त संस्थाहरुको सामुहिक आयोजनामा आगामी मे ६ तारिखका दिन शोभायात्रासहित भब्यरुपमा बुद्ध जयन्ती मनाउने निर्णय गर्दै एनआरएन पोर्चुगलका उपाध्यक्ष पेम्बा शेर्पाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति समेत गठन गरेको छ। ***

तपाईको प्रतिक्रिया