Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं – राष्ट्रिय जनमुक्ति पार्टीले संघीयता विरोधीहरुलाई फाँसी दिने चेतावनी दिएको छ ।
जनमुक्ति पार्टी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत संघीयताविरोधीहरुलाई फाँसी दिने चेतावनी दिएको हो । सो पार्टीका अध्यक्ष एमएस थापा वर्तमान बाबुराम भट्टराई सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले दोस्रो चरणको आन्दोलनमा संघीयताविरोधीहरुको प्रतिकात्मक आकृति (पुत्ला)  लाई कोणसभासहित सार्वजनिकस्थलमा जेठ १ गते ३ बजे फाँसी दिने कार्यक्रम तय गरेको हो ।
पत्रकार सम्मेलनमा जेठ १४ मै जातिय पहिचानसहितको संविधान जारी गराउन, संघीयता विरोधीहरुको अवाञ्छित गतिविधि निस्तेज पार्न र निर्धारित समयमै संविधान जारी नभएमा व्यापक रुपमा जनजआन्दोलनको पूर्व तयारी गर्न दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
आन्दोलन परिचालन समितिका संयोजक के.पी. पालुङ्वाले दोस्रो चरणको आन्दोलनबाट पनि संघीयतासहितको संविधान बनाईएन भने तेस्रो चरणको आन्दोलनबाट संघीयताविरोधीहरुलाई फाँसी दिने सम्मको कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिए ।
उनले भने- नेपालको कानुन दैवले जानुनको अवस्थामा रहेको छ, जेठ १४ भित्र संघीयतासहितको जनताको संविधान जारी भएन भने राष्ट्रिय जनमुक्ति पार्टी संघीयता विरोधीहरुलाई फाँसी दिने अभियानमा लाग्ने छ । **
तपाईको प्रतिक्रिया