Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौं घेराउ गर्न गएका दुई पूर्व राज्यमन्त्रीसहित सात सभासद् मंगलबार बिहान पक्राउ परेका छन् ।
नयाँ संविधानसभामा मुस्लिम अधिकार सुनिश्चित माग गर्दै आन्दोलित मुसलमान संघर्ष गठबन्धनमा रहेका पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारी र पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्लाह खाँसहित सात सभासद् पक्राउ परेका हुन् ।
अन्सारीले पक्राउ गर्नेक्रममा प्रहरीले हातपात गरेको बताए । संविधानमा मुसलमान समुदायको पृथक पहिचान र राज्यका हरेक निकायमा पूर्ण समानुपातिक समावेशीकरण सुनिश्चित गर्न गठबन्धनले माग गरेको छ । संविधानमा अलग्गै पहिचान माग गर्दै आन्दोलिन गठबन्धनले यसअघि प्रमुख दलका शीर्ष नेता र सभामुखसमक्ष ज्ञापन पत्र बुझाइसकेको छ । आन्दोलन अन्तर्गत मंगलबार जिल्ला प्रशासन घेराउ कार्यक्रम थियो । ***
तपाईको प्रतिक्रिया