Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको नाममा उत्तर प्रदेश (युपी) मा एक महिला कलेज स्थापना हुने भएको छ । ससुरा अभिनेता अमिताभ बच्चनले कलेज निर्माण गर्न लागेका हुन् ।
अमिताभ बच्चन कर्पोरेसन लिमिटेडका कर्मचारीले भारतको एक दैनिक पत्रिकालाई दिएको जानकारी अनुसार युपीको दौलतपुर गाविसले भर्खरै गठन गरिएको संस्था अमिताभ बच्चन सेवा समितिलाई जग्गा हस्तान्तरण गरिसकेको छ ।
सुरुमा नर्सरी देखि कक्षा १२ सम्म पढाई हुने कलेजलाई डिग्रीसम्म पु¥याइने लक्ष्य छ । अमिताभले  दौलतपुर गाउँमा सन् २००८ जनवरी २७ मै ऐश्वर्या राय कलेजको शिलान्यास गरेका थिए ।
तपाईको प्रतिक्रिया