Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- ११ महिनाअघि दुलही बनेकी आरती रानाभाट अकाल मृत्यु बेहोर्न बाध्य भएको आज ठीक एक साता भयो। भक्तपुरको गठ्ठाघरबाट दुलहीको श्रृंगारमा काठमाडौंको चोभार पुगेकी आरतीको शवले अन्तिम संस्कार गर्ने मौका पनि पाएन विवादका कारण शव शिक्षण अस्पतालको शवगृहमै थन्किएको छ।
आरतीका दुलहा सुदन थापा बाबुकृष्ण थापा र आमा मधु थापा कालिमाटीस्थित प्रहरी खोरमा छन् चोभारको थापा गाउँमा रहेको उनको घरमा ताल्चा लागेको छ। चार जनाको परिवारमा न त शव बुझेर अन्तिम संस्कार गर्ने कोही खुला छ न त आरतीको माइती पक्षले मृत्युको कारण नखुलेसम्म शव जलाउन दिने मनस्थिति नै बनाएको छ। शवको पोस्टमार्टम त भएको छ तर त्यसको रिपोर्ट सार्वजनिक भइसकेको छैन। माइती पक्ष यस घटनालाई आत्महत्या नभएर हत्या दाबी गरिरहेको छ।
सुदनका छिमेकी सानुबाबु थापाका अनुसार आरतीको माइती पक्षले लगाएको आरोप निराधार हो। ‘मागी विवाह भए पनि सुदन र आरतीको जोडी खुब मिलेको थियो कहिल्यै झगडा भएको कसैलाई थाहा छैन’ सानुबाबुले भन्नुभयो-‘एक-आपसमा गाह्रो जोडिएका घरहरु छन् एक घरमा भएको कुनै प्रिय(अप्रिय घटना सजिलै छिमेकीले थाहा पाउँछन्।’ आरतीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको कुरामा कुनै शंका नभएको सुदनका छिमेकीहरुको भनाइ छ।
आरतीकी आमा सीता रानामगर भने थापाहरुको भनाइ स्वीकार गर्ने पक्षमा हुनुहुन्न। सीताको दाबी छ- ‘शवका गोडा भुइँमा लत्रिरहेका छन् त्यही दिन दिउँसो मात्र छोरी गठ्ठाघरबाट ज्वाइँ सुदनसँगै मोटरसाइकलमा चढेर सामान्य ढंगमा गएकी छे दाइजो पुगेन भनेर मेरी छोरीको हत्या गरिदिए।’
दुवै पक्षका आ-आफ्ना तर्कहरु छन्। माइती पक्षले भनेजस्तो दाइजो मागिएकै हो भने प्रमाण दिन सक्ने आरतीको दुखद मृत्यु भइसकेको छ। ुसुदनको परिवार दाइजोको लोभी भएको भए आरतीका बाबुले अर्की आमा ल्याएपछि हालै मात्र सीताले सुरक्षाका लागि पाँच-सात तोलाको सुनको पोको किन सुरक्षितसाथ राखिदिन छोरीकहाँ पठाउँथिन् अहिले सुदनले त्यो पोको हामीले सुरक्षित राखेका छौं खोलेर हेरेको पनि छैन भनेका छन्’ -छिमेकी सानुबाबुको तर्क छ। घर र माइती पक्षबीच आइतबार कालीमाटी प्रहरी कार्यालयमा आरोप-प्रत्यारोप हुँदा लाठीचार्ज हुँदा केही घाइतेसमेत भएका थिए।
तपाईको प्रतिक्रिया