Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
इटहरी –  एकिकृत माओवादीका पोलिट्ब्यूरो सदस्य हरिबोल गजुरेलले बैद्य पक्षका नेताहरुलाई प्रचण्ड बन्ने सपना नदेख्न आग्रह गरेका छन् । निम्न पुंजीवादी चिन्तन बोकेर संधै कलह गर्ने प्रवृत्ति भएका नेताहरु  ‘वाइ प्रोडक्ट’ का रुपमा रहने उहाको भनाई थियो । वैद्य पक्षलाई इङ्गीत गर्दै उहाँले ‘१० वर्षे जनयुद्ध पछि हेलिकप्टर चढेर शान्ति सम्झौता गर्न प्रचण्ड हिडेको देखेर आफू पनि त्यही स्थानमा पुग्छु भन्ने सपना दिमागबाट हटाए हुने सुझाव दिनुभयो ।
एकिकृत नेकपा माओवादीमा बढेको द्वन्द्व साम्य हुनलाई ‘वाइ प्रोडक्ट’ निस्कने पनि उहाको भनाई थियो । उहाँले ‘ढिलो छिटो वाइ प्रोडक्ट निस्कने दाबी गर्नुभयो । क्रान्तिकारी पत्रकार संघ सुनसरीले  इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले बाईप्रोडक्ट निस्किएपछि पार्टिभित्रको बिबाद साम्य हुने बताउनुभयो ।
राष्ट्रिय राजनीतिको प्रसङ्गमा उहाले शीर्ष नेताहरुबीच अहिले भइरहेको वार्ताले संविधान निर्माणमा रहेका विवादहरुको टुङ्गो नलागे नयां सिराबाट आन्दोलन सुरु हुने र त्यसले माओवादीलाई नै फाइदा पुग्ने बताउनुभयो । आन्दोलनले माओवादीलाई सत्तामा पनि पुर्‍याउने र आफ्नो लक्ष्य पनि पूरा हुने पनि उहाको भनाई थियो । ***
तपाईको प्रतिक्रिया