Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक पार्टीहरुबीच केन्द्रीयस्तरमा सहमतिको वातावरण बनिरहेका बेला स्थानीयस्तरमा कार्यकर्तामा देखिने आपसी भिडन्तको अवस्था अन्त्य गराउनुपर्ने बताएका छन्।
केही दिनदेखि अघि चावहिलस्थित पशुपति क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्तासँगको भिडन्तमा घाइते भएका अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका कार्यकर्ता टेकनारायण कठायतको स्वास्थ्यस्थिति बुझ्ने क्रममा नेता नेपालले सो धारणा व्यक्त गरेका हुन्।
नेता नेपालले आफ्नो पार्टी विधिको शासन र सहमतिको वातावरणका लागि लागिपरेको भन्दै स्थानीयस्तरमा पनि यस सोचलाई कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारे। उनले विधिको शासन नमान्दा तथा तेरो र मेरो स्वार्थी सोचका कारण आपसी भिडन्तका घटना देखिएको समेत बताए।
घाइते कठायतको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ। ***
तपाईको प्रतिक्रिया