माओवादीले शासकीय स्वरुप र राज्य पुनर्संरचनामा पछि नहट्ने तयारी गरेको हो । विवादित विषयमध्ये निर्वाचन प्रणाली, नागरिकता र न्याय प्रणालीबारे भने दलहरुबीच सहमति भइसकेको छ ।
सोमबार बिहान बालुवाटारमा भएकाले छलफलमा विवादित विषयमा पार्टी अडान नछाड्ने सहमति भएको छ । माओवादी अडानमा सहयोग गर्न भट्टराईले सोमबार बिहान नै मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारसँग छलफल गरेका थिए ।