Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नयाँ घर सम्पत्ति शुद्धीकरण आयोगले छानबिन गर्ने भएको छ ।
प्रचण्डको घरबारे अनेक शंका उपशंका सुरु भएपछि आयोगले छानबिन गर्ने भएको हो । नयाँ बजारस्थित भाडाको घर सुरक्षा र सुविधाका हिसाबले कमजोर रहेको भन्दै प्रचण्ड दुई महिनाअघि नयाँ घर सर्नुभएको थियो ।
लाजिम्पाटको साँग्रिला होटेल नपुग्दै करीब ५ मिटर अगाडीबाट दायाँपट्टी छिरेर करिव १ सय ५० मिटर अघि बढेपछि प्रचण्डको नयाँ निवासमा पुगिनेछ ।
प्रचण्डको नयाँ घर सुरक्षा र पार्किङ लगायतका हिसाबले सुरक्षित देखिएको छ । लाजिम्पाटमा रहेको घर नयाँ बजार भन्दा सुविधा सम्पन्न, ठूलो र फराकिलो कम्पाउण्ड भएको छ । फराकिलो कम्पाउण्डमा आठदेखि १० वटासम्म गाडी पार्क गर्न सकिने बताइएको छ । नयाँबजारमा एउटामात्र गाडी अट्ने समस्याले गर्दा बिदेशी पाहुना र भेटन आउने आगन्तुकले सडकमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता थियो ।
प्रचण्डले यो घर किनेको हल्ला चलेपनि भाडा तिरेर नै बस्न लागेको प्रचण्डका एक सहयोगीले दावी गरेका छन् ।
तपाईको प्रतिक्रिया