Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- एकीकृत नेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संविधान निर्माणको विषयमा सँगै मिलेर जान सहमत भएका छन्।
संविधानका विवादित विषयमा सहमति खोज्नेक्रममा राष्ट्रिय सहमतिको सरकारका विषयमा पनि बहस भइरहेकाबेला माओवादी–मोर्चाले भट्टराई सरकारमा अडिग भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संविधान जारी नगरेसम्म वर्तमान सरकारलाई यथावत् राख्ने निर्णय गरेको फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष एवं सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए ।
‘हामी निकट छौं, सबै विषयहरुमा खुल छलफल गरि मिलेर सहकार्य गरेर अगाडि बढ्नु पर्छ भन्ने सहमति पनि बैठकमा भएको छ,’ यादवले भने।
बैठकमा प्रधानमन्त्री भट्टराईसहित माओवादी अध्यक्ष पुष्कमल दाहाल, गृहमन्त्री विजयकुमार गच्छेदार, तमलोपाका अध्यक्ष महन्त ठाकुर, भौतिक योजना तथा पुननिर्माण मन्त्री हृदयश त्रिपाठी लयायत मोर्चाका सबै प्रमुख नेताको उपस्थिति थियो।
तपाईको प्रतिक्रिया