Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
विराटनगर- मधेश जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभा छोडेर होटलका अध्यांरो कोठामा बसेर तीन दलले लेनदेन र स्वार्थको दस्तावेजको रुपमा संविधान ल्याउन लागेको बताउनु भएको छ ।
फोरन नेपाल मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जनतालाई कुठाराघात नगरी विगतमा भएका सहमती सम्झौता र संविधानसभावाटै संघिय गणतान्त्रीक संविधान ल्याउनु पर्ने त्यसभन्दा वाहिर अंध्यारो कोठामा बसेर षड्यन्त्रवाट ल्याएको संविधान जनतालाई मान्य नहुने दावी गनुभयो ।
नेता यादवले तीन दलले संविधानसभालाई निष्तेज र असफल पार्ने गरी होटलको अध्यांरो कोठामा बसेर षड्यन्त्रमुलक रुपमा संविधान ल्याउन लागेको आरोप लगाउंदै यदी त्यस्तो षड्यन्त्र भए संविधान निर्माण हुन नसक्ने बताउनुभयो । उहांले निर्धारित समयमा संविधान निर्माण हुन नसक्दा हुने संबैधानिक रिक्तताले राष्ट्रपती , सरकार र संवैधानिक निकायको बैधानिकता उठ्ने र त्यसलाई धान्न मुलुकले नसक्ने चेतावनी दिनुभयो । स्वायत्त एक मधेश प्रदेश र आत्मनिर्णयको अधिकार पाउने गरी राज्यपुर्नसंरचना  गर्नुपर्ने बताउंदै बृहद मधेशी मोर्चाका संयोजक समेत रहनु भएका नेता यादवले लोकतन्त्रको मुल्य र मान्यता अनुासरको समावेशी, विभेदरहित, संवैधानिक स्वतन्त्रता , स्वतन्त्र प्रेस, न्यायपालीका सहित संघिय गणतन्त्र नेपालको संविधान निर्माण गर्न बृहद मधेशी मोर्चाको निर्माण भएको बताउनुभयो ।
कुनैपनि दलको ह्वीपलाई स्विकार नगरी बृहद मेधेशी मोर्चाले मधेशी, दलीत, आदीवासी जनजाती, सिमान्तकृत, विपन्न वर्गको हित र विभिन्न आन्दोलनको भावनाको प्रतिकको रुपमा नयां संविधान निर्माण गर्न सडक र सदनवाट दवाव सृजनागर्ने मोर्चाका संयोजक यादवले  जानकारी दिनुभयो । उहांले जनदवावको सुरु आउंदो बैशाख १४ वटा सुरु हुने समेत बताउनुभयो ।  नेता यादवले अहिलेसम्म कुनैपनि सरकारले पुर्ण कार्यकाल नविताई अस्थिरता आइरहेकोले अब बन्ने संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपती र राष्ट्रपतीले सरकार बनाउने शासकिय स्वरुप निर्माण गर्दा उपयुक्त हुने दावी गर्नुभयो । तीन दलले केन्द्रलाई बलियो पार्ने र प्रदेशलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेकोले यदी त्यस्तो भए मुलुक नै अन्यौलतामा जाने चेतावनी दिंदै नेता यादवले तराईलाई एक मधेश वा थारु प्रदेश जे नामांकरण गरेपनि आफुहरुलाई स्विकार्य हुने बताउनुभयो ।
तपाईको प्रतिक्रिया